राम मन्दिरमा बम भएको भन्दै जब बालकले गरे फोन

अयोध्या । भारतको अयोध्यास्थित राम मन्दिरमा यतिबेला प्राण प्रतिष्ठा समारोहको तयारी तीव्र भइरहेको छ । यसैबीच शनिबार अबेर राम मन्दिरमा बम राखिएको सूचनाले हंगामा भयो । सूचना आएको पाँच मिनेटभित्रै सुरक्षा अधिकारीहरु राम जन्मभूमि परिसर पुगे । प्रहरीले सारा मन्दिर आफ्नो नियन्त्रणमा लिएर ठाउँ ठाउँमा बम खोज्न थाल्यो ।
शाहजहांपुर बस्ने एक १२ वर्षिय बालकले भिडियो गेम खेल्दै गर्दा ११२ मा डायल गरेका थिए । फोन उठेपछि उनले जिस्किएर राम जन्मभूमि थानामा बम भएको बताए । कन्ट्रोल रुमाबाट बच्चालाई फोन गर्दा बम राम मन्दिरमा भएको बताए । प्रहरी फोन आएको मोबाइल नम्बर धनी खोजबिन शुरु गरेपछि नम्बर शाहजहांपुर जिल्लाको पिपरा गाँउको जप्ती निवासी लिलावतिको भएको थाहा भयो ।
घरमा पुगेर सोधपुछ गर्दा लिलावतिको नातीले गेम खेलिरहेको बेलामा अचानक ११२ मा फोन गएको अनि बच्चाले जिस्किएर बमको कुरा बताएको थाहा भयो । बमसम्बन्धी सूचना आउने बित्तिकै शनिबार रात ११ः३० बजे सुरक्षा एजेन्सीका अधिकारीहरुले राममन्दिरमा बम खोजेका थिए । खोजतलासको क्रममा कुनै संदिग्ध वस्तु भेटिएन । भविष्यमा यस्तो गल्ती नदोहोर्याउन बच्चालाई प्रहरीले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत