लुम्बिनीलाई हराउन सुदूरपश्चिम प्रदेशले १ सय ५९ रन बनाउनु पर्ने

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय ५९ रनको लक्ष्य दिएको छ । सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४८.४ ओभरमा अलआउट हुनुअघि एक सय ५८ रनमात्र बनाउन सक्यो ।
लुम्बिनी प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान प्रज्जवल थापाले ४२ रनको योगदान गरे । उनले ६८ बलको सामना गरी चार चौका पनि हिर्काए । मोहम्मद हुसैनले २६ रन बनाए । ओपनर विराट भण्डारीले टोलीको खातामा २३ रन थपे ।
अर्का ओपनर सम्राट भुसाल भने नौ रनमै पभेलियन फर्किए । मृणाल गुरुङले १४ रन जोडे । कृष्ण कार्की १२ रनमा अविजित रहे । दिल्साद अलीले १० रन बनाए । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा १८ रन पायो ।
सुदूरपश्चिम प्रदेशका बलर नारायण जोशीले तीन विकेट लिए । भोजराज भट्ट र नरेन साउदले पनि दुई–दुई विकेट लिए । मिलन बोहराले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि
-
चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
बेलायती राजकुमारमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाको निधन
-
नइ एकेडेमीले ‘नेपाल भारत प्राध्यापक सम्मेलन’ गर्ने
-
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली