लण्डनमा मनाइयो ३०२ औँ पृथ्वीजयन्ती
लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस लण्डनमा मनाइएको छ ।
संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम अध्यक्ष क्षेत्री र प्रमुख अतिथी नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालले पानसमा दीप प्रज्ववलन गरि संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनको सम्मान गर्न कन्जुस्याँई गर्न नहुने धाराणा व्यक्त गर्दै सहभागीहरुले पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा खनालले पृथ्वी नारायण शाहको एकीकरण अभियानको स्मरण गर्दै उनीप्रति श्रद्धा सुमन व्यक्त गरेकी थिइन् । यसैगरी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले नेपालमा गणतन्त्रवादी भन्नेहरुले पृथ्वी नारायण शाहको नाम समेत लिन छोडिसकेको अवस्थामा भरत क्षेत्रीले सन् २००७ देखि निरन्तर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएकामा धन्यवाद दिए । डा. धितालले पृथ्वीनारायणले त्यतिबेला एकीकरण नगरेको भए आज नेपाल नाम नै नरहने टिप्पणी पनि उनको थियो ।
एनआरएनए अभियन्ता प्रेम गाहामगरले पृथ्वी नारायण शाहको योगदानको बारेमा प्रष्ट्याउँदै देशमा युवा नेतृत्वको खाँचो रहेको बताए । उनले एनआरएनए यूकेको प्रमुख एजेण्डा वंशजको नेपाली नागरिकता निरन्तरता रहेको जनाउंदै नेताहरुले दोहोरो नागरिकताका नाममा देशलाई सिक्किम र फिजी बनाउन लागिरहेको दावी गरेका थिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय नेतृत्वमा रहेकी युवा नेतृ खुश्बु ओलीले माओवादी केन्द्रको नेतृत्वले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कटौती गरेर इतिहासमाथि नै अपमान गरेकामा १६ वर्षपछि राप्रपाको पहलकदमीमा माओवादी केन्द्र नेतृत्वकै सरकारले दिवसमा विदा दिन थालेको जनाइन् । शाह राजामात्र नभएर राष्ट्र निर्मातासमेत रहेको धारणा व्यक्त गरिन् ।
कार्यक्रममा विकल चन्द्र आचार्यले पृथ्वी नारायण शाहले गरेको एकीकरणको पाटोलाई उल्लेख गरेका थिए । उनको दुरदर्शिता र कुशल नेतृत्वबाट सबैले सिक्षा लिनुपर्ने आचार्यले बताएका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने सभापति संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायत अध्यक्ष भरत क्षेत्रीको धारणा थियो ।
नेपाली दूतावासले पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई एकीकृत रुपमा मनाउन क्षेत्रीले आग्रह गरे । अध्यक्ष क्षेत्रीको आफ्नै पहलमा स्थापित एक लाख रुपैयाँको पृथ्वी पुरस्कार पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता भरत बस्नेतलाई दिने निर्णय भएको घोषणा गरे । हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कार यसअघि प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी (पहिलो) र राजनीतिशास्त्रका अध्येता डा. राजेश अहिराजले पाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका नगर सभाको अधिवेशन आह्वान
-
विनोद काम्बली अस्पताल भर्ना, अवस्था चिन्ताजनक
-
सिरहामा दुई समूहबिच झडप, प्रदेश सांसद खातुनसहित १८ जना घाइते
-
७ पटक राष्ट्रिय चलचित्र पुरस्कार विजेता श्याम बेनेगलको निधन
-
अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालको खराब प्रदर्शन
-
झापा कपको उपाधि चर्च ब्वाइजले जित्यो