लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने
सोमबार, ०१ माघ २०८०, १२ : ३५

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको २३ औँ साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।
यस्तै साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित पनि गरेको छ । साथै साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
नवनियुक्त सञ्चालक समितिको अर्को बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव