शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

‘हैकमवादी चरित्र’प्रति असन्तुष्टि जनाउँदै बर्दियाका २१ नेता कार्यकर्ताले छाडे रास्वपा

सोमबार, ०१ माघ २०८०, ११ : ५२
सोमबार, ०१ माघ २०८०

बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व पङ्क्तिमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुटउपगुट मौलाएको भन्दै बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनीहरूले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर पार्टी परित्या गरेको पत्रमा उल्लेख छ । पार्टी छाड्नेमा रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेको भन्दै बोधार्थ नगर समिति,प्रदेश समिति,केन्द्रीय समितिलाई दिएका छन् । 

जिल्ला अध्यक्ष देवराज पाठकका अनुसार २१ मध्ये ३ जना पहिल्यै पार्टीको कारबाहीमा परेका हुन् । अरूको हकमा छानबिन भइरहेको रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप