माघीको रमझममा थारु बस्ती : सुँगुर बिना पर्व नै ‘फिक्का’ !

धनगढी । पश्चिम नेपालको थारु बस्ती माघी पर्वको उल्लास छाएको छ । पुस महिनाको अन्तिम दिनदेखि माघीको उल्लास छाउने गर्छ ।
पुस महिनाको अन्तिम दिन (पुस २९ गते) हरेक थारु बस्तीमा सामूहिक सुँगुर/बंगुरको जिटा (मासु) काटिएको थियो । हप्तौँ तथा महिनौँ दिनदेखि सुँगुरको खोजीमा रहेका थारु घर मुलीहरू आइतबार बिहानैदेखि सामूहिक बंगुरको मासु तयारी गर्नमा जुटे । त्यससँगै दिनभरि साथीहरुसँग खाने र खुवाउने उत्सव चल्यो ।
अरु बेला केजीको दरले बंगुर तथा सुँगुरको मासु खरिद गर्ने घर मुलीहरूले अहिले पसेरी (साढे २ केजी)का दर बंगुरको मासु खरिद गरेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका १० नुक्लीपुर गाउँमा मात्रै आइतबार २ वटा सामूहिक रूपमा बंगुर काटियो । घुरमुलीहरुले १ पसेरीदेखि ५ पसेरी (साढे १२ केजी)सम्म मासु खरिद गरेको नुक्लिपुर सामुदायिक होम स्टेका अध्यक्ष दिनेश दहित थारुले बताए ।
उनले भने, ‘माघ थारुहरूको सबैभन्दा ठुलो पर्व हो । पर्व मनाउन विवाहित चेलीहरू माइती फर्केका हुन्छन् । कामको सिलसिलामा घरभन्दा टाढा रहेका परिवारजन घर फर्केका छन् । कम्तीमा पनि आइतबार र सोमबार माघ १ गते ढिक्रीसँग पाहुनालाई खुवाउनलाई भए पनि मासु राखिन्छ । बंगुरको मासु विना माघको स्वाद नै फिक्का हुन्छ ।’
योसँगै थारु समुदायमा विभिन्न नृत्य गरी माघी मनाइँदै छ । मघौटा नाच, लाठी, झुम्रा नाचका साथै डफसँग ढमार गाएर पनि माघी मनाइँदै छ । जसले थारु बस्तु चैनार (उल्लासमय) छन् ।
थारुहरु सुँगुरको मासु पारखी किन ?
आदिवासी थारु जाति माघ पर्वमा मात्रै होइन, प्रायः हरेक पर्वमा सुँगुुरको मासु नै खाने प्रचलन रहिआएको छ । तिक्खर स्वाद मन मनाउने थारु जातिमा सुँगुरको मासु हरेक पर्व तथा उत्सवमा प्रायः अनिवार्य हुन्छ ।
थारु संस्कृतिविदहरु थारु जातिले संगुरको मासु कहिलेदेखि उपभोग गर्न थाले भन्ने कुनै लेखाजोखा नहुनुले आदिमकालदेखि उपभोग गर्दै आएको पुष्टि हुने बताउँछन् ।
संस्कृतिविद् अशोक थारु भन्छन्, ‘थारु समुदायमा उहिलेदेखि सुँगुर पाल्ने र सुँगुरकै मासु उपभोग गर्न मन पराउने समुदाय हो । पौष्टिकताको दृष्टिकोणले पनि लाभदायक हुने भएको हुँदा वर्तमानमा पनि सुँगुरको मासु औधी रुचाइएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त