दुर्घटना न्यूनीकरणका उपाय खोज्न कार्यदल गठन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण गर्न सुझावसहितको प्रतिवेदन बुझाउन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रालयले पूर्व सचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका अन्य सदस्यहरूमा संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सीई श्यामबहादुर खड्का, अन्तर प्रदेश समन्वय अनुसन्धान शाखाका प्रतिनिधि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि छन् भने मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ सदस्य सचिव छन् ।
कार्यदललाई एक महिनायताका सवारी दुर्घटनाको विश्लेषण, विगतका कार्यदलका प्रतिवेदन सँगै स्थलगत अध्ययन गरी सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गरी सुझाव दिन भनिएको छ ।
सडक दुर्घटना न्यूनीकरणका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू सुझाउन कार्यदललाई जिम्मेवारी दिइएको जानकारी मन्त्रालयका सहसचिव रघुराम विष्टले दिए । नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस शुक्रबार राति दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए । यहीबिचमा थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा ५ जनाको ज्यान गएको थियो।
शनिवार बागलुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ