माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका छन् । माघी पर्व तथा माघे सङ्क्रान्तिको शुभकामना दिँदै मुख्यमन्त्री चौधरीले माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथा संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्दै पर्वलाई हर्ष, खुसी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गरेर लैजानु पर्ने बताएका हु् ।
यस महान् पर्वले सबैमा उत्साह एवम् उमङ्ग थपोस् र सबै बिच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायमको लागि शुभकामना दिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो । यहाँ विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन् । माघी पर्व तथा मकर (माघे) सङ्क्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोबास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् ।
माघी थारु जातिको नयाँ वर्ष समेत भएकाले संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्दै हर्ष, खुसीका साथ मनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गर्न आग्रह गरेका छन् । पर्वले शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् शुभकामनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’
-
जुम्लामा आगलागी हुँदा दुई घर नष्ट