बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

जिम्बाब्वेविरुद्धको टी-२० मा श्रीलंकाको रोमाञ्चक जित

सोमबार, ०१ माघ २०८०, ०७ : २४
सोमबार, ०१ माघ २०८०

काठमाडौं । जिम्बाब्वेविरुद्धको टी-२० सिरिजमा श्रीलंकाले अग्रता लिएको छ । कोलम्बोमा भएको पहिलो टी-२० खेलमा श्रीलंकाले जिम्बाब्वेलाई अन्तिम बलमा ३ विकेटले रोमाञ्चक जित दर्ता गर्दै तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको हो । 

पहिले ब्याटिङ जिम्बाब्वेले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनाएको थियो । जवाफमा श्रीलंकाले पूरा ओभर खेलेर ७ विकेट गुमाएर १४४ रन बनायो । श्रीलंकाका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युज करिब ३ वर्षपछि टी २० मा कमब्याक गर्दै ३८ बल, ४६ रनको उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेर खेल जिताए । उनी नै प्लेयर अफ द म्याच पनि बने ।

टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले सुरुवाती ब्याट्सम्यानले ३७ रन जोडे । टोलीलाई पहिलो झटका छैटौं ओभरमा लाग्यो र ओपनर टी कमुनुकाम्वे १८ बलमा २६ रन बनाएर आउट भए । सोही ओभरमा दोस्रो ओपनर क्रेग एरविन पनि १० रनको व्यक्तिगत स्कोरमा आउट भए । 

सिन विलियम्सले १४ रन बनाए र १४ औं ओभरमा ८३ रनको स्कोरमा रहे। अर्को छेउबाट कप्तान सिकन्दर रजा टिक्दै  रायन बर्लसँग मिलेर स्कोर १०० भन्दा माथि पुर्‍याए । 

बर्ल ५ रन बनाएर १०३ रन स्कोरवोर्डमा भएका बेला आउट भए पनि रजाले अर्धशतक बनाएर ४२ बलमा ६२ रनको इनिङ खेले । उनी १९ औं ओभरमा १२९ रनको स्कोरमा आउट भएका थिए । ब्रायन बेनेट १० रनमा नटआउट रहे भने ल्यूक जोङवेले १३ रन बनाएर स्कोरलाई १४० भन्दा माथि पु¥याएका थिए । श्रीलंकाका लागि कप्तान वानिन्दु हसरंगा र महिश टिक्षानाले २-२ विकेट लिए । श्रीलंकाका महेश तिक्षणा र वानेन्दू हसरंगाले दुई दुई विकेट लिए ।

 लक्ष्य पछ्याउन आएको श्रीलंकाली टोलीलाई पहिलो ओभरमा नै झट्का लागेको थियो र ओपनर पाथुम निसान्का २ रन बनाएर आउट भएका थिए । कुसल परेरा १७ रन बनाएर ३२ रनमा पभेलियन फर्किएका थिए भने कुसल मेन्डिस पनि १७ रन बनाएर ३८ रनमा आउट भए । सादिरा समाराविक्रमा (९) र चरित असालान्का (१६) पनि सस्तोमा आउट भए। वानिन्दु हसरंगाले खाता पनि खोल्न सकेनन् र १४ औं ओभरमा ८३ रनको स्कोरमा छैटौं विकेटका रूपमा आउट भए ।

 त्यसपछि एन्जेलो म्याथ्युज (४६) र दासुन शानाका (२६ नटआउट) को जोडीले अग्रता लिएर आफ्नो टोलीलाई जितको नजिक पुर्‍याए । श्रीलंकाले जितका लागि अन्तिम ओभरमा १४ रन जोड्नु परेको थियो । म्याथ्युजले पहिलो तीन बलमा दुई चौकाको मद्दतले ८ रन बनाए पनि चौथो बलमा आउट भए । यसरी सातौं विकेटका लागि ५५ रनको साझेदारी समाप्त भएको थियो । अब दुष्मन्थ चमेरा ब्याटिङमा आए र उनले अन्तिम दुई बलमा चौकाको मद्दतले ६ रन बनाएर आफ्नो टोलीलाई जित दिलाए । जिम्बाब्वेका लागि सिकन्दर रजाले सर्वाधिक ३ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप