अफगानिस्तानविरुद्धको टी-२० सिरिज भारतलाई
काठमाडौँ । अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अगावै भारतले जितेको छ । आइतबार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २-० को अग्रता लिएको हो ।
भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य भारतका यशस्वी जैसवाल र शिवम दुबेको तुफानी पारिको मद्दतले १६औँ ओभरमा पूरा गरेको थियो ।
अफगानिस्तानका ओपनरहरूले राम्रो सुरुवात दिने प्रयास गरे पनि २० रनको टिमको स्कोरमा रहमानउल्लाह गुरबाज रवि बिश्नोईको शिकार बने । गुरबाजले १४ रन बनाए । यसपछि कप्तान इब्राहिम जद्रानले पनि ८ रनको स्कोरमा आफ्नो विकेट गुमाए । अजमातुल्लाह ओमरजाई पनि खासै प्रभावशाली देखिएनन् र २ रन बनाएर शिवम दुबेको शिकार बने । एक छेउमा गुलबदिन नाइबले उत्कृष्ट अर्धशतक बनाए तर उनी पनि ५७ रनको उत्कृष्ट इनिङ्स खेलेर आउट भए । नाइबले आफ्नो पारीमा ५ चौका र ४ छक्का प्रहार गरे ।
भारतका लागि अर्शदीप सिंहले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।
अफगानिस्तानले दिएको १७३ रनको जवाफमा भारतको सुरुवात खराब रह्यो । कप्तान रोहित शर्मा पहिलो बलमै क्लिन बोल्ड भए । तर यसपछि विराट कोहली र यशस्वी जैसवालले ५७ रनको साझेदारी गरे । विराट कोहलीले १६ बलमा ५ चौकाको मद्दतले २९ रन बनाए ।
जैसवालले तेस्रो विकेटका लागि शिवम दुबेसँग आँधीबेहरी साझेदारी गरे। उनीहरूले ४२ बलमा ९२ रन जोडे । यशस्वी जैसवालले ३४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६८ रन बनाएकी थिइन् । भने शिवम दुबेले ३२ बलमा ५ चौका र ४ छक्का सहित अविजित ६३ रन बनाए । अफगानिस्तानका करिम जनतले २ विकेट लिए । भारत र अफगानिस्तानबिचको अन्तिम खेल जनवरी १७ मा बैंगलोरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा दुई मेगाबाटको सोलर प्लान्टको तयारीमा ‘वरुण वेभरेज’
-
साउदीमा मृत्यु भएका लोकबहादुरको परिवार न्यायको खोजीमा
-
इजरायलका लागि गोला प्रथाबाट छानिए दुई हजार एक सय बाह्र जना
-
एट्लेटिकोको पोस्टमा बेनफिकाको गोल वर्षा
-
हनुमन्ते खोलाको बाढी सतर्कता तह नजिक, उच्च सतर्कता अपनाउन आग्रह
-
भिल्लासँग हार्यो बायर्न