शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

छोरा समीरलाई फिल्म खेलाउँदै विराज

आइतबार, २९ पुस २०८०, २१ : १५
आइतबार, २९ पुस २०८०

काठमाडौँ । नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बाक्लिइरहेको छ । यस्तैमा अभिनेता विराज भट्टका छोरा पनि फिल्म अभिनयमा आउने भएका छन् ।

विराजले आफैले निर्देशन गर्न लागेको फिल्म ‘१२ गाउँ’बाट छोरा समीर भट्टलाई हिरो बनाउन लागेका हुन् । विगत १० वर्षदेखि समीरले मुम्बईमा बसेर अभिनयसँगै मार्सल आर्टको प्रशिक्षणसमेत लिएका छन् ।

विराजले लामो समयदेखि छोराका तस्बिरहरू लुकाइरहेका थिए । आफ्नै फिल्मबाट डेब्यू गराउने निश्चित भएपछि उनले आइतबार छोराको तस्बिर सार्वजनिक गरेका हुन् । तस्बिरमा समीर ‘सिक्स प्याक’सहित देखिएका छन् । उनी पिताझैँ अग्ला कदका छन् ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको ‘१२ गाउँ’मा विराजको पनि अभिनय रहनेछ । फिल्मको नेपाल र भारतमा छायाङ्कन हुनेछ । भारतका केही चर्चित कलाकारलाई पनि फिल्ममा लिने योजनामा विराजको छ । विराजले यस अघि ‘साङ्लो’ फिल्म निर्देशन गरेका थिए । यो विराजको निर्देशनमा डेब्यू फिल्म थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप