नेपाल वायुसेवा निगमद्वारा पौष मसान्तसम्मको ऋण भुक्तानी
आइतबार, २९ पुस २०८०, २० : ३९

काठमाडौँ । नेपाल वायुसेवा निगमले पौष मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । निगमले आइतबार २०८० पौष मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरिएको जानकारी दिएको हो ।
निगमका प्रवक्ता रमेश पौडेलले भने,‘निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० पौष महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी मिति २०८० पौष २९ गते जम्मा ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको छ ।’
निगमले हालको व्यवस्थापन समिति आएपछि ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक