आजपाको ‘मधेस बन्द’ सफल बनाउने आम विद्यार्थी मोर्चाको निर्णय

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले माघ ११ गतेका लागि घोषणा गरेको ‘मधेस बन्द’ कार्यक्रम सफल बनाउने गरी अग्रसर हुने निर्णय आम विद्यार्थी मोर्चाले गरेको छ ।
बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने मागसहित आजपाले मधेस बन्द गर्ने घोषणा गरेको हो ।
आइतबार वीरगन्जको राधेमाईमा बसेको आम विद्यार्थी मोर्चा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले मधेस बन्द सफल बनाउने निर्णय गरेको हो । विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहले आजपाले उठाउँदै आएको माग सम्बोधनमा सरकारले वास्ता नगरेका कारण मधेस बन्द आह्वान गरिएको बताए । बन्द कार्यक्रम सफल र प्रभावकारी बनाउन सबै विद्यार्थी सडकमा उत्रिनुपर्ने उनको भनाइ थियो ।
विद्यार्थी मोर्चाका मधेस प्रदेश कमिटी अध्यक्ष राकेश बैठाको अध्यक्षतामा बसेको बैठकमा आजपाको मधेस प्रदेश इन्चार्ज सुधिर यादव, प्रदेश अध्यक्ष उमेश कुशवाहा आजपको स्थायी कमिटीका सदस्यहरु बाबुराम कौशिक, कदम रसुल, आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष बबिता साह लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा