पोखरामा भोलिदेखि टाइगर कप भलिबल, विजेतालाई साढे ५ लाख पुरस्कार

पोखरा । चौथो संस्करणको टाइगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलि सोमबारदेखि पोखरामा सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगिता माघ ६ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा २ विदेशीसहित नेपाली टिमले सहभागिता जनाएका छन् । महिलातर्फ भारत हरियाणा पुलिस क्लब र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले विदेशी टिमको प्रतिनिधित्व गर्नेछन् ।
पुरुषतर्फ गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोटर्स क्लब र महिलातर्फ एपिएफ, न्यु डायमन्ड युथ स्पोटर्स, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको सहभागिता जनाएका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।
प्रतियोगितामा दुवैतर्फ विजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइनेछ । उपविजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ र तेस्रोले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष तथा महिला सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
दुवै इभेन्टका उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५ सय ५५ रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने ग्रुपका अध्यक्ष शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने