मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

एनिमलको सफलतापछि रणवीरले डबल गरे फिस

आइतबार, २९ पुस २०८०, १७ : १२
आइतबार, २९ पुस २०८०

नयाँ दिल्ली । बलिउड स्टार रणवीर कपुरको लागि २०२३ अभूतपूर्व सफल रह्यो । एनिमलले बक्स अफिसमा रेकर्ड तोड कलेक्सन गर्‍यो । अफवाहका अनुसार रणबीरले एनिमलको सफलतापछि आफ्नो फिस बढाएका छन् । सञ्चार माध्यममा छापिएको खबरलाई पत्याउने हो भने रणवीरले आफ्नो फिस ३० करोड भारुले बढाएर सिधै ६५ करोड भारुमा पुर्‍याएका छन् ।

तर यसबारे अभिनेता र उनको टिमले पुष्टि भने गरेको छैन । एनिमलको सफलता पछि रणवीरले कति फिस लिँदै छन् भन्ने कुरा पत्नी आलिया भट्ट र आमा नितु कपुरलाई पनि थाहा नभएको उनी निकटको एक स्रोतले बताएको छ । फिल्मको सफलतापछि बलिउडका कलाकारहरूले आफ्नो फिस बढाउने गरेका छन् ।

खबरका अनुसार शनि देवलले पनि गदर–२ को सफलतापछि आफ्नो फिस बढाएका छन् । फिल्म रिलिज हुनु अघि एउटा फिल्मका लागि ८ करोड मात्रै लिने शनिले अब भने ५० करोड माग्न थालेका छन् । सन् २०२३ मा रणवीरको दुई ओटा फिल्म रिलिज भएको थियो । ‘तु झूठी मे मक्कार’ले २२० करोड भारुको व्यापार गरेको थियो । एनिमलको वर्ल्ड वाइड कलेक्सन ९१५ करोड भारु पुगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप