साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने
आइतबार, २९ पुस २०८०, १६ : ३०
काठमाडौँ । साना किसान विकास लघु वित्त वित्तीय संस्था लि. ले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी रु. ३,३३,१६,१८,२०४ को १४ दशमलव २५ प्रतिशतले हुने रु. ४७,४७,५५,५९४ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश रु २,४९,८७,१३६ गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम रु. ४९,९७,४२,७३० वितरणका लागि प्रस्ताव पारित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस