हेटौँडा बसपार्कबाट ५ किलो गाँजासहित एक जना पक्राउ
आइतबार, २९ पुस २०८०, १६ : २०

मकवानपुर । हेटौँडाबाट एक जना किशोर गाँजासहित पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सर्लाही मलंगवा नगरपालिका-१० बस्ने १९ वर्षीय ईन्ताज आलमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२५ वर्ष अगाडिको कथामा ‘जार’
-
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
-
शिक्षक-प्रहरीको झडपमा पत्रकार घाइते
-
वैशाखमै दुई ठुला प्रतियोगिता आयोजना गर्दै नेपाल हक्की संघ
-
झुठो आरोप लगाउनेहरूलाई प्रधानमन्त्रीकाे प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?
-
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?