निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने
_DgEY4Deh4O.jpg)
काठमाडौँ । निर्माण व्यवसायीहरूलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै अगाडि बढाउने निर्णय भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीको गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । यो निर्णयसँगै विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ
-
पन्ध्र गोही राप्ती नदीमा छाडियो
-
किन्ने हो ऐँसेलु ?