जनकपुरधाममा बैंकहरुविरुद्ध उद्योगी व्यापारीको विरोध प्रदर्शन

जनकपुर । उद्योगी व्यापारीहरुले जनकपुरधाममा बैंकहरुविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
आइतबार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेको हो । बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्याली राष्ट्र बैंक अगाडि पुगेर धर्नामा परिणत भएको थियो ।
बैंकहरुको चर्को ब्याजदरविरुद्ध आफूहरुलाई आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीहरुले बताए ।
धर्नामा बोल्दै संघर्ष समितिका संयोजक सुधीर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैङ्कहरूसँग आग्रह गरे । उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको आरोप लगाए । उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक निलाम नराख्नुका साथै कलोसूचीमा नराख्न माग गरे ।
व्यापारीहरुले आफूहरुको माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने पजियारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अप्रिलको पलेँटीमा प्रस्तुत हुँदै संगीता
-
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
-
वर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन: मन्त्री यादव
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
-
हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सलको उपाधि