सवा २ लाख जना शिक्षकलाई जागिर दिएर बिहारले बनायो रेकर्ड
आइतबार, २९ पुस २०८०, १४ : ३७
नयाँ दिल्ली । बिहारको लोक सेवा आयोग (बीपीएससी)ले सवा २ लाख जना शिक्षकलाई नियुक्ति दिएर रेकर्ड बनाएको छ । शनिबार पटनाको गान्धी मैदानमा नियुक्ति पत्र वितरण समारोहको आयोजना गरिएको थियो ।
बिहारका मुख्यमन्त्री नीतिश कुमारले गान्धी मैदानमा २६ हजार ९३५ जना समेत गरेर राज्यभरमा एक साथ ९६ हजार ८२३ जना नवनियुक्त शिक्षकलाई नियुक्ति पत्र दिएका थिए । शनिबार बीपीएससीको परीक्षा उत्तिर्ण भएकाहरुमध्ये २६ हजार ९३५ जनालाई नीतिश कुमार आफैँले नियुक्ति पत्र दिएका थिए ।
अन्य ८५ हजार जनालाई भने अन्य मन्त्रीहरुले नियुक्ति पत्र दिएका थिए । सन् २०२३ को नोभेम्बरदेखि सन् २०२४ को जनवरीको बिचमा सवा २ लाख शिक्षकहरुलाई नियुक्ति पत्र दिने बिहार भारतको पहिलो राज्य बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन ट्रफी क्रिकेट : धनगढीको पहिलो जित
-
जापानी फिल्म फेस्टिभल : काठमाडौँमा सकियो, अब पोखरामा हुने
-
ललितपुर महानगरले गर्यो १२ फुटबल क्लबलाई सम्मान
-
नो केबलकार समर्थक १४ आन्दोलनकारी पक्राउ, एउटा गाडीमा तोडफोड
-
संसद्मा दर्ता भयो नागरिक उड्डयनसम्बन्धी दुई विधेयक, यसरी टुक्र्याइँदैछ क्यान
-
राजनीतिमा जितहार स्वभाविक हो, जित्दैमा उत्ताउलो हुनु पर्दैन : देउवा