माओवादीमा तीन प्रकारका बैठक प्रस्ताव, छलफलमा जनवादी प्रक्रिया, निर्णयमा सहमति !
काठमाडौँ । नेकपा माओवादी केन्द्रमा तीन प्रकारका बैठक हुने प्रस्ताव गरिएको छ । माओवादी केन्द्रको मस्यौदा विधान–२०८० मा नियमित, विशेष र आकस्मिक गरी तीन प्रकारका बैठक हुने प्रस्ताव गर्दै त्यसमा पार्टी समिति, सचिवालय, समिति, विभागका बैठक हुने उल्लेख गरिएको छ ।
‘पार्टी समिति, सचिवालय, समिति, विभागका बैठकहरू तीन प्रकारका हुनेछन्, नियमित बैठक, विशेष बैठक र आकस्मिक बैठकहरू । विशेष र आकस्मिक बैठकहरू जुन कार्यसूचीका लागि आयोजना गरिएको हो, सोही कार्यसूचीमा केन्द्रित रहेर सम्पन्न हुनेछन्’, माओवादीको प्रस्तावित विधानको धारा ५७ मा उल्लेख गरिएको छ ।
प्रस्तावित विधानमा केन्द्रीय समितिको बैठक कम्तीमा छ महिनामा एक पटक, पोलिट्व्यूरोको बैठक चार महिनामा एक पटक बस्ने प्रस्ताव गरिएको छ ।
यस्तै पदाधिकारी र स्थायी समितिको बैठक महिनामा एक पटक, केन्द्रीय विभागको बैठक तीन महिनामा एक पटक, सचिवालय र कार्यालयको बैठक आवश्यकताअनुसार हुने विधानमा प्रस्ताव गरिएको छ । यस्तै सबै तहका सल्लाहकार समितिको बैठक आवश्यकताअनुसार बस्नेछ भने प्रदेश समितिहरूको बैठक प्रत्येक तीन महिनामा बस्ने प्रस्ताव गरिएको छ ।
यसैगरी जिल्ला र महाशाखा समितिको बैठक दुई – दुई महिनामा र नगर तथा गाउँ र शाखाको समितिको बैठक दुई–दुई महिनामा बस्ने प्रस्ताव गरिएको छ । यसैगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वयन समितिको बैठक दुई – दुई महिना र वडा, उपशाखा, टोल र सेल समितिको बैठक प्रत्येक महिना बस्ने प्रस्ताव गरिएको छ ।
विशेष कारणले बैठकको अवधि अघि वा पछि हुन सक्ने समेत व्यवस्था गरिएको छ । जसको निर्णय सम्बन्धित समितिको सचिवालयले गर्नेछ । तर बैठक सार्दा दुई बैठक बिचको अवधिभन्दा बढी नहुने स्पष्ट गरिएको छ ।
यस्तै बैठकको गणपूरक सङ्ख्या कायम रहेको सदस्य सङ्ख्याको बहुमत हुनेछ भने समितिका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय समितिको बैठक एक महिनाभित्र, पोलिटब्युरो, पदाधिकारी तथा स्थायी समिति र मातहतका समितिहरूको बैठक १५ दिनभित्र बोलाउनु पर्ने मस्यौदामा उल्लेख गरिएको छ ।
यस्तै राष्ट्रिय महाधिवेशन, अधिवेशन र बैठकहरूमा सबै विषयमाथि छलफल गर्दा जनवादी प्रक्रिया अपनाइने उल्लेख छ । यस्तै निर्णय प्रक्रियामा सहमतिको पद्धतिलाई प्राथमिकता दिइने छ । मत विभाजन भएमा उपस्थित सदस्यको बहुमतको निर्णय पार्टी निर्णय हुने विधानमा प्रस्ताव गरिएको छ ।
यस्तै निर्णयमा असहमत हुने सदस्यले आफ्नो असहमति सम्बन्धित राष्ट्रिय महाधिवेशन, अधिवेशन वा बैठकसमक्ष लिखित रूपमा प्रस्तुत गर्न सक्ने व्यवस्था गरिएको छ । फरक मत प्रस्तुत गर्ने सदस्यले आफ्नो मत छलफलमा लैजान माग गरेमा सम्बन्धित समितिले आवश्यक प्रक्रिया निर्धारण गरी छलफलको अनुमति दिन सक्ने पनि व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा
-
लिलाबल्लभ अधिकारीको बयान : म आफैँ पीडित हुँ, दोषीलाई कारबाही गरेर मैले न्याय पाउँ
-
यी पाँच औषधिको नियमित सेवन गर्नु हुन्छ ? गुम्ला है स्मरणशक्ति