आलमको पेसीले तर्किए न्यायाधीश, रौतहटमा दुई न्यायाधीश मात्रै उपलब्ध

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि भन्दै आइतबार पेसी तोकिएको छ । अदालतले बहस नोट माग गरिसकेपछि पुस २९ गते आइतबारका लागि पेसी तोकिएपछि रौतहटका जिल्ला न्यायाधीश भने तर्किएका छन् ।
७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपलब्ध छन् । आइतबारको दिन न्यायाधीश तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्रै उपस्थित रहेको रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धवप्रसाद ढोडारीले बताएका छन् ।
७ न्यायाधीशको दरबन्दी रहेको भए पनि न्यायाधीश मातृकाप्रसाद मरासिनी उच्च अदालतको न्यायाधीश बनेर गएपछि उनको स्थान रिक्त नै छ । न्यायाधीश बाबुकाजी बानियाको सरुवा भइसकेको छ भने न्यायाधीशहरू केदारनाथ शर्मा र कुमार मास्के बिदामा छन् । न्यायाधीश पूर्णिमा कोइरालाको दरबन्दी रहेको भए पनि उनी समेत लामो समयदेखि बिदामा छिन् ।
पूर्व मन्त्री आलमको मुद्दामा दबाब हुने र फैसला गर्नसमेत कठिनाइ हुने, राजनीतिक कोप भाजनमा पर्ने डरले दुई न्यायाधीशसमेत बिदामा बसेपछि आइतबार दुई न्यायाधीश मात्रै उपलब्ध छन् ।
जिल्ला अदालतमा पेसी गर्दा समेत गोला प्रणालीबाट गर्ने भएकाले आइतबार आलमको मुद्दा रहेको फाँटको गोला नतानिएमा आइतबार उनको मुद्दाका पेसी स्थगितको सूचीमा पर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’
-
शिक्षक आन्दोलनको २० औँ दिनमा शिक्षामन्त्रीद्वारा राजीनामा
-
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा