शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

करोडौं लागतमा निर्माण गरिएको अस्पताल भवन  गुणस्तरहीन भएको भन्दै रोक्का

आइतबार, २९ पुस २०८०, ०९ : ५०
आइतबार, २९ पुस २०८०

रौतहट । रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको  १५ बेडको भवनको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै थप निर्माण कार्यमा रोक लगाइएको छ । 

२०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख सियाराम कुश्वाहाले  शिलान्यास गरेका अस्पताल भवनको निर्माणमा ठेकदारले गुणस्तरहीन काम सुरु गरेको भन्दै रोक्का गरिएको हो ।

सङ्घीय सरकारको  १९  करोड ७५ लाख  लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आह्वान गरेको  टेन्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनञ्जय चौधरी जेविले ११ करोडमा साकार गरेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको हाता भित्र १५ सैंयाको भवन निर्माण अवधि  २ वर्ष रहेको  छ। ठेकदार चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले रोलरनै नाचलाई जगमुनी ढलान गर्न सुरु गरेपछि पूर्व मेयर कुशवाहाले शनिवार साँझ निर्माण काम रोकेका छन्  ।

झन्डै २० करोडको भवनको जग नै बलियो भएन भने लगानीको औचित्य नहुने भएकाले निर्माण रोक्का गरिएको कुशवाहाले जानकारी दिएका छन्।

निर्माण स्थलमा हुडिङ बोर्ड समेत न राखिएकाले स्टीमेट बारे ठेकदारले जानी जानी अन्योल बनाएको पूर्व मेयर कुशवाहाको दाबी छ।

निर्माणको ठेक्का लिएका कम्पनीले स्टीमेट सहित आएपछि  कटहरिया नगरपालिकाको ईन्जिनियरले निर्माण बारे स्पष्ट पारेपछि मात्र काम सुरु हुने पूर्व मेयर कुशवाहाले जिकिर गरेका छन्।

करोडौँको भवन निर्माणमा ठेकदारले पुरानो कवाडी रड प्रयोग गरिरहेको पाइएको छ। भवन निर्माण हुने स्थानमा ठुलो खाडल बनाएर तीनबर्ष सम्पर्क विहीन रहेका ठेकदार उपेन्द्र चौधरी बल्लतल्ल निर्माण काम सुरु गरेका छन् । 

यसैबीच कटहरियाका बर्तमान मेयर अजयप्रकाश जैसवालले आफ्नो लामो प्रयासबाट अस्पताल भवनको निर्माण सुरु भएको बताएका छन्। 

सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालय बाट टेण्डरको प्रक्रियाको थालनी भएको थियो। निर्माणको लागि रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन। हाल आफू मन्त्रालयमा लगातार दौडेर रकम निकासा, टेन्डर स्वीकृत गराएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको मेयर जैसवालले दाबी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप