माघे सङ्क्रान्तिका लागि कालीमाटीमा तरुल किन्नेको भीड
काठमाडौँ । माघे सङ्क्रान्तिका लागि काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ ।
काठमाडौँका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । काठमाडौँ उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलान्चोक र नुवाकोटका तरुलहरू पनि काठमाडौँमा माघे सङ्क्रान्तिका लागि बिक्री हुने गर्दछन् ।
नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन् । जसमध्ये घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । माघे सङ्क्रान्ति तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकारअनुसार आज तरुल ६० देखि ७० रुपैयाँ प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैयाँ प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’