सन् २०२४ मा पर्दामा देखिने छैनन् यी स्टार
मुम्बई । सन् २०२३ बलिउडका लागि जबरजस्त रह्यो । शाहरुख खान, सलमान खान, रणवीर कपुर, सनी देवल, रणवीर सिंहका फिल्मले बक्सअफिसमा सफलताको कथा लेखे । उनीहरुले केही पुराना रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाए ।
सन् २०२४ मा पनि बलिउडका केही फिल्मबाट बक्सअफिसमा सफलताको आशा छ । सन् २०२३ को झैं बक्सअफिसमा नयाँ रेकर्ड कोर्ने सम्भावित फिल्मको आङ्कलन सुरु भइसकेको छ । तर बलिउडका केही स्टारलाई सम्भवतः २०२४ मा दर्शकले पर्दामा हेर्न पाउने छैनन् । किनकि उनीहरूको हातमा फिल्मको लाइनअप छैन ।
शाहरुख खान : सन् २०२३ शाहरुख खानका लागि सम्झिने वर्षका रूपमा स्थापित भएको भयो । यो वर्षका उनका तीन फिल्म रिलिज भए । ‘पठान’ र ‘जवान’ले त १ हजार करोड क्लबमा आफूलाई दर्ता गराए ।
फिल्म ‘डंकी’ले राम्रो प्रदर्शन त गर्न सकेन, तर बक्सअफिसमा अझै टिकिरहेको छ । उनको नयाँ फिल्म के हुनेछ भन्ने अहिलेसम्म घोषणा गरिएको छैन । यो अवस्थामा सम्भवतः शाहरुख सन् २०२४ मा कुनै पनि फिल्ममा देखिने छैनन् । उनको आगामी फिल्म ‘टाइगर भर्सेज पठान’ हो ।
सलमान खान : अभिनेता सलमानको अवस्था पनि शाहरुखकै जस्तो छ । सन् २०२३ मा उनका दुई फिल्म ‘किसीका भाई किसीका जान’ र ‘टाइगर ३’ रिलिज भए । पहिलो फिल्म खासै सफल भएन । ‘टाइगर ३’ले बक्सअफिसमा औषत मात्र व्यापार ग¥यो । ‘टाइगर भर्सेज पठान’का अलावा सलमानको अर्को फिल्म ‘द बुल’ हो । जसको निर्माण करण जोहारले गर्दैछन् । यो फिल्म सन् २०२५ मा मात्र रिलिज हुने बताइएको छ ।
रणवीर कपूर : सन् २०२३ मा रणवीरले आफ्नो करियरकै सबैभन्दा ठुलो सफलता पाए । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’को बक्सअफिस सफलताले उनलाई बलिउडका सबैभन्दा भरोसायोग्य अभिनेताका रूपमा स्थापित गरायो ।
रणवीरका धेरै फिल्म अहिले घुमिरहेका छन्, जुन अगाडि रिलिज हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन । रणवीरको आगामी फिल्म कुन हुनेछ भन्नेसमेत निक्यौल हुन सकेको छैन । उनी ‘एनिमल’ पछि ‘रामायण’को सुटिङ गर्नेछन् । उनीसँग ‘एनिमल पार्क’ र ‘ब्रह्मास्त्र २’ पनि पाइपलाइनमा छन् । तर यी फिल्म रिलिज हुन केही समय लाग्नेछ ।
इमरान हाशमी : ‘टाइगर ३’ मा आतिश रहमान बनेर सलमानसँग द्वन्द्व गरेपछि इमरान हाशमीको आगामी प्रोजेक्टबारे नयाँ जानकारी केही बाहिर आएको छैन । तेलुगू फिल्म ‘ओजी’मा इमरानको अभिनय रहे पनि यो फिल्म कहिले रिलिज हुने भन्ने टुङ्गो छैन ।
अभिषेक बच्चन :अभिषेकका लागि सन् २०२३ सुखद हुन सकेन । सन् २०२३ मा उनको एकैमात्र फिल्म ‘घुमर’ रिलिज भयो । यो फिल्म थिएटरमा फेल भए पनि ओटिटीमा भने पास भयो । अभिषेकको हातमा सन् २०२४ मा कुनै फिल्म वा वेब सिरिज छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति