संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल
शनिबार, २८ पुस २०८०, २१ : १५

काठमाडौँ । संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा ओमप्रकाश अर्याल निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको २१ औं साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लिलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवनकुमार जयसवाल निर्वाचित भएका छन् ।
सो संस्थाको संस्थापक अध्यक्षमा डा.भिमार्जुन आचार्य, पूर्वअध्यक्षहरूमा कुमार रेग्मी, टीकाराम भट्टराई, डा.चन्द्रकान्त ज्ञावली, रविनारायण खनाल, ललितबहादुर बस्नेत, राजुप्रसाद चापागाईं, दिनेश त्रिपाठी रहिसकेका छन् । मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि