प्रकाशको राष्ट्रिय भावनाको गीत ‘मुटुभित्र नेपाल’ मा राजेश हमालको अभिनय

काठमाडौँ । अभिनेता राजेश हमाल अभिनीत देशभक्ति र राष्ट्रिय भावनाले भरिएको गीत ‘मुटुभित्र नेपाल’ सार्वजनिक भएको छ । प्रकाश पण्डितका शब्द रहेको कर्णप्रिय गीतमा थानेश्वर गौतमको सङ्गीत तथा स्वर छ । गीतकार पण्डित काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हुन् ।
गीतको शब्द, शब्दमा देशको माया व्यक्त छ । गीतमा रहेको ‘मर्दा पनि मुटुभित्र नेपाल’ भनेर लेख्न पाइयोस्’ भन्ने शब्दले सबैको मन छुन्छ । लक्ष्मी पण्डितको प्रस्तुति रहेको सो गीतको भिडियोमा महानायक हमालले अभिनयमार्फत देशको माया निकै मीठो तरिकाबाट आभास गराएका छन् ।
गीतकार पण्डितले आम नागरिकमा देशप्रतिको माया ममता र आस्था बढाएर राष्ट्रिय भावना अभिवृद्धि गर्ने उद्देश्यले यो गीत कोरेको देखिन्छ । गीतले नेपालको गाथा गाउन प्रेरित समेत गर्छ ।
गीतको भिडियो नेपालको राष्ट्रिय झन्डालाई चम्काउँदै सुरुवात भएको छ । नेपाललाई चिरकालसम्म अमर राख्ने रहर पोखिएको गीतको म्युजिक भिडियोले गीतलाई अझ जीवन्त बनाएको छ । गीतमा वीरताको गाथा, नेपालीको खुसी, पुर्खाको योगदान सबै भेट्न सकिन्छ । गीतले मुलुकका लागि योगदान गर्न प्रेरित समेत गर्छ ।
नेपाललाई विश्वमा चिनाउन सबै जना कम्मर कसेर लाग्नुपर्ने सन्देश समेत दिएको गीत सामान्यभन्दा केही लामो छ । १२ मिनेट ३० सेकेन्डको गीतको भिडियोमा अभिनेता हमालको अलावा बाल कलाकार सायरा आचार्य, दियान गौतम, सन्देश पौडेल लगायतको अभिनय छ । उत्सव दाहालको छायाङ्कन बिजेश पौडेलको सम्पादन रहेको भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी