माओवादीको विधान मस्यौदामाथि पूरक प्रस्ताव : पार्टीको नाम फेर्नुपर्ने !

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधानको मस्यौदामाथि पूरक प्रस्ताव पेस भएको छ । केन्द्रीय कार्यालयका अनुसार सो प्रस्ताव पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पेस गरेका हुन् ।
पूरक प्रस्तावमा पार्टीको नाम परिवर्तन गर्नुपर्ने भनिएको छ । पार्टीको नयाँ नाम नेकपा समाजवादी हुनुपर्ने भनिएको छ ।
त्यसैगरी पार्टीको संगठनमा पनि परिवर्तन गर्न आवश्यक रहेको जिकिर गरिएको छ । प्रस्तावमा भनिएको छ, ‘संगठन परम्परागत नभई आजको समस्याहरुको सम्बोधन गर्दै जनतासँग जोडिने खालका संगठनात्मक संरचनाहरू बनाउनु पर्दछ । मुख्य गरी वैचारिक राजनीतिक काम / संगठन सुदृढीकरण, आर्थिक उत्पादन र रोजगारी सँग सम्बन्धित काम / विकास निर्माण सरकार सम्बद्ध काम / सामाजिक सांस्कृतिक रूपान्तरण र सामाजिक न्याय स्थापना, अनुगमन र मूल्याङ्कन को कार्याधिकार र कार्य विभाजन गर्ने नीति विधानमा स्पष्ट हुनु पर्ने, मुख्य गरी स्थानीय कमिटीहरूको लागि ।‘
त्यस्तै केन्द्रीय समितिको बहुपदीय संरचना राख्दा एउटा पद दुई वटा भन्दा बढी हुन नहुने प्रस्ताव गरिएको छ । सोही बहुपदीय संरचना भएको विभिन्न पदहरूको आ-आफ्नो स्पष्ट जिम्मेवारी तोकिएको हुनु पर्ने भनिएको छ ।‘ एउटै जिम्मेवारी भएमा ३ तहको पदहरू हुन नहुने, जस्तै, महासचिव, धेरै वटा उपमहासचिव फेरी सचिव नबनाउने । उक्त पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्नेछ,’ प्रस्तावमा भनिएको छ ।
प्रदेश पार्टीमा मुख्य गरी वैचारिक प्रशिक्षण, संगठन निर्माण, सुदृढीकरण, परिचालन, सरकार र सदन सँग सम्बन्धित कामहरू सञ्चालन गर्न कार्य विभाजन गर्ने पनि प्रस्तावमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश