प्रधानमन्त्री कपमा पुलिस क्लबको विजयी सुरुवात

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा पुलिस ६८ रनले विजयी बनेको हो ।
पुलिसले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा बागमती ४२.३ ओभरमा २ सय १४ रनमा समेटियो । बागमतीका लागि अशुतोष घिरैयाले ९२ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । अर्को ओपनर इशान पाण्डेले ४४ रनको योगदान दिए । पुलिस क्लबका लागि सागर ढकालले ३ तथा करन केसी, राशिद खान र दीपेन्द्रसिंह ऐरले २–२ विकेट लिए ।
यसअघि राशिद खानको शानदार शतकको मद्दतले नेपाल पुलिस क्लबले बागमती प्रदेशसामु २ सय ८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८२ रन बनायो ।
खानले ११२ बलमा १०६ रन बनाउँदै नटआउट रहे । उनले यस क्रममा ९ चौका र ६ छक्का हिर्काए । उनलाई आरिफ शेखले ६६ बलमा ५७ रन बनाउँदै राम्रो साथ दिए । कप्तान दीपेन्द्र सिंह ऐरीले १४ बलमा २१ रन बनाए भने सुनिल धमला र अर्जुन साउदले २०–२० रनको योगदान दिए ।
बागमतीका लागि सूर्य तामाङ र रिजन ढकालले ३–३ विकेट लिए । त्यस्तै गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि
-
स्याललाई हात्ती बनाएपछि