बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिहरुले मतदाताको योगदान भुल्न हुँदैन : मन्त्री साउद

शनिबार, २८ पुस २०८०, १६ : ४२
शनिबार, २८ पुस २०८०

बैतडी । परराष्ट्रमन्त्री एनपी साउदले जननिर्वाचित प्रतिनिधिहरुले मतदाताको योगदान भुल्न नहुने बताएका छन्। नेपाली कांग्रेस बैतडीले शनिवार पाटनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले आफूलाई मत दिएर जिताउने मतदाताको योगदान भुल्न नहुने बताएका हुन् । 

‘जुनसुकै तहको सरकारमा भए पनि हामी जनप्रतिनिधिहरुले हामीलाई यो स्थानमा पुर्याउने मतदाताहरुको योगदान बिर्सन हुन्न,’ मन्त्री साउदले भने, ‘हाम्रो भन्दा ठूलो योगदान उहाँहरुको छ, जसले हामीलाई जिम्मेवारी दिनु भएको छ।’ मतदातासँगै पार्टी र पार्टीका नेता(कार्यकर्ताको योगदान पनि जनप्रतिनिधिहरुले भुल्न नहुनेमा उनको जोड थियो। 

‘साथीभाइहरुले फलानालाई टिकट दिनुपर्छ नभनेको भए पार्टीले टिकट दिँदैन्थ्यो। उनको रगत पसिनाको बलमा, तागतको बलमा हामी एउटा जिम्मेवारीमा पुगेका छौँ,’ मन्त्री साउदले भने– ‘त्यो जिम्मेवारी हाम्रा लागि कर्तव्य हो, चुनौती हो।’ उक्त जिम्मेवारीलाई जनप्रतिनिधिहरुले जनताको हक, अधिकारका लागि समर्पित गर्नुपर्ने उनको भाइ थियो। 

मन्त्री साउदले पार्टीको योगदानलाई आत्मसात नगरेर आफ्नै बलबुतामा चुनाव जितेको भन्ने भ्रमबाट मुक्त हुन पनि जनप्रतिनिधिहरुलाई आग्रह गरे। ‘जसले पार्टीको योगदानलाई आत्मासात गर्दैन। आफ्नै बलबुतामा जितेको सोच्छ उसले पार्टीको योगदान बुझेको छैन,’ उनले भने, ‘हामी सबैले पार्टीको निर्देशनलाई महत्त्वपूर्ण मानेर अघि बढ्नु पर्दछ।’

अन्तरक्रियामा बैतडी कांग्रेसका पदाधिकारी तथा सदस्यहरु, प्रदेशसभा–नगर–गाउँ–वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु र कांग्रेसका तर्फबाट बैतडीका १० वटै पालिकामा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप