फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौँ । माओवादी केन्द्रले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशन गर्ने मिति तय गरेको हो ।
अधिवेशनमा करिब १३ सय प्रतिनिधि सहभागी हुनेछन् । यसमा केन्द्रीय सदस्य, ज्येष्ठ मञ्च, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार, ७७ जिल्लाका संयोजकहरू, जनवर्गीय संगठनका केन्द्रका प्रमुखहरू सहभागी हुनेछन् ।
यसअघि स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको ७ सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो । सो मस्यौदा तल्लो तहका कमिटीहरूमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ । यस्तै पार्टीको सात वटै प्रदेशबाट पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन् ।
प्रवक्ता सापकोटाले भने, ‘सबैभन्दा मुख्य एजेन्डा विधान सम्मेलन हो । विधान सम्मेलनको बारेमा फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो । त्यसका लागि प्रतिनिधिहरू छान्ने क्राइटेरियाहरु पनि तय गरिएको छ । यसको अतिरिक्त अर्को स्थायी समिति बैठक चाहिँ माघको २६ गते बस्ने निर्णय गरिएको छ । त्यसको साथसाथै राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि समन्वय समिति बनेको छ । त्यसले तयारी गर्ने भन्ने निर्णय भएको छ । अर्को पार्टी एकताको विषयमा छलफल भएको थियो । पार्टी एकताको विषयमा पार्टी एकता संयोजन समिति बनाउने र त्यो हाम्रै पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बनाउने भन्ने निर्णय भएको छ । अब वर्तमान परिस्थितिका बारेमा चाहिँ अहिलेको समग्र परिस्थितिको बारेमा पनि अध्यक्षले ब्रिफिङ गर्नुभयो । त्यसको केन्द्रमा चाहिँ उहाँले रिपोर्टको संश्लेषण गर्नुभयो । रिपोर्ट चाहिँ प्रदेश इन्चार्जहरूले गर्नुभएको थियो । दश वटै प्रदेशका इन्चार्जहरूले त्यो रिपोर्टको सार अहिले त्यसको प्रारम्भिक र सामान्य विश्लेषण भएको छ । तर त्यसको विस्तृत समीक्षा चाहिँ माघको २६ गते बस्ने स्थायी समिति बैठकबाट त्यसको समीक्षा हुन्छ ।’
उनले थपे, ‘रिपोर्टको सार चाहिँ के देखियो त भन्दा खेरी यो अभियान चाहिँ विगतका अभियान भन्दा सबै भन्दा प्रभावकारी भएको छ । यो अभियानले पार्टीमा गतिशीलता ल्याएको छ । पार्टी कमिटीहरू सक्रिय भएका छन् । र पार्टी संरक्षणका लागि चाहिँ यसले ऐतिहासिक कोशेढुंगाको काम गरेको छ । निर्वाचन पछाडि यस खालको अभियान भएको थिएन । समग्रमा भन्नुपर्दा यो अभियानले केही आशा पलाएको छ । र विश्वासको वातावरण बनाउन एउटा आधार बनेको छ । र यसले सबैभन्दा राम्रो महत्त्वपूर्ण कुरा के गरेको छ त भन्दा खेरी मूल्याङ्कनको आधार धेरै राम्रोसँग बनेको छ । को काम गर्न गयो, को गएन ? कसले कति इमानदार भएर खट्यो ? त्यहाँ कतिपय यस्ता नामहरू पनि आयो । मूल्याङ्कनका लागि भने वस्तुगत आधार तयार भएको छ । र, त्यसको आधारमा विस्तृत रिपोर्ट आउन त बाँकी नै छ । त्यसैको आधारमा हिसाबकिताब राखिन्छ भन्ने संश्लेषण भएको छ । अव राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा चाहिँ अहिले सकारात्मक भएको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी