बस दुर्घटनाका घाइतेहरूको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन
बाँके । लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका हुन् ।
दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइन् । अस्पताल प्रशासन, उपचारमा संलग्न चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरिन् ।
‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ,’ उनले भनिन्, ‘तपाईंहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’ आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसीले निर्देशन दिइन् । मन्त्री केसीले नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनाबाट आफू मर्माहत भएको समेत बताएकी छन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गरेकी छन् ।
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १३ जना घाइतेहरूमध्ये एक जना डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचाररत १२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । नेपालगन्जबाट काठमाडौँका लागि छुटेको बस शुक्रवार राति दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स-एज
-
बीआरआईका विषयमा पर्याप्त र खुला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ : नेता कोइराला
-
प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक एजेण्डा के छन् ?
-
जासुसी गरेको आरोपमा चीनमा पत्रकारलाई जेल सजाय
-
गगन थापाको दाबीप्रति वर्षमानको आपत्ति
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति