मधेसले सजिलै हरायो कोशीलाई

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । शनिबार भएको खेलमा मधेसले कोशीले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा २०.१ ओभरमा पछ्यायो ।
कोशीका लागि अनिल साहले विस्फोटक इनिङ्स खेल्दे ५४ बलमा ८८ रन बनाए । उनले यस क्रममा १४ चौका र ३ छक्का हिर्काए । उनलाई ओपनर हरिशंकार साहले २४ रन बनाउँदै साथ दिए । कोशीका लागि सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४१ ओभरमा १ सय २७ रन बनाए। अलआउट भएको थियो । कोशीका लागि फिरदोश अनसारी र कप्तान अंकित सुवेदीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अनसारीले ७१ बलमा ४१ रन बनाए भने कप्तान सुवेदीले ५० बलमा ४० रनको योगदान दिए ।
मधेसका लागि प्रदीप पासवानले ३ तथा राजेश यादव, रञ्जित कुमार र पवन शर्राफले २–२ विकेट लिए । विशाल पटेलले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन