यो साता घट्यो सुनचाँदीको मूल्य
![यो साता घट्यो सुनचाँदीको मूल्य](https://rpcdn.ratopati.com/media/albums/gold-gold-price_KomQkInQ3i.jpg)
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा प्रतितोला ९०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ थियो । महासंघका अनुसार यो साता छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ छ ।
यो साताको आइतबार शुक्रबारकै मूल्यमा कारोबार भएको सुन त्यसपछि लगातार ४ दिन घटेर कारोबार भयो । तर, शुक्रबार तोलामा ३०० रुपैयाँले बढेसँगै १८ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सुनसँगै यो साता चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १४ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १४ सय रुपैयाँमा कारोबार भएको छ । यो २० रुपैयाँ प्रतितोलाको गिरावट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
-
१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा
-
सनम तेरी कसम–२ बनाउने तयारी