अमेरिकाद्वारा शनिबार पनि हुथी विद्रोहीमाथि हवाई आक्रमण
वासिङ्टन । अमेरिकाले शनिबार पनि यमनमा हुथी विद्रोहीको ठेगानामा हवाई आक्रमण गरेको थियो । अमेरिकी सेनाले शनिबार स्थानीय समय अनुसार बिहान ३ बजेर ४५ मिनेटमा यी हमला गरिएको बताएको छ ।
सेनाका अनुसार लाल सागरमा रहेको अमेरिकी नौसेनाको युद्धपोत यूएसएस कार्नीबाट टोमाहक मिसाइल प्रयोग गरी हमला गरिएको हो । यसअघि हुथी विद्रोहीको टिभी च्यानल अल–मसिराहले आज बिहानै यमनको राजधानी सानामा हवाई आक्रमण भएको जानकारी दिएको थियो ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हुथी विद्रोहीलाई ‘आतंकवादी’ संगठन भनेका थिए । उनको भनाइ महत्वपूर्ण छ किनभने राष्ट्रपति बनेको एक महिनाभित्र जो बाइडेनले ट्रम्प सरकारको निर्णय उल्टाइदिएका थिए । ट्रम्प सरकारले हुथी विद्रोहीलाई ‘विदेशी आतंकवादी संगठन’ भनेको थियो।
यदि हुथी विद्रोहीहरूले यस्तो क्रूर मनोवृत्ति (जहाजमा आक्रमण) जारी राखे भने अमेरिकाले उनीहरूलाई जवाफ दिने बाइडेनले चेतावनी दिएका छन् ।
मध्यपूर्वमा कच्चा तेलको मूल्य बढेको बारे उनले आफू निकै चिन्तित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह
-
अर्जुन ट्रफी क्रिकेट : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै
-
अर्थतन्त्रको अवस्थाबारे दुई शीर्ष नेतृत्वको अतिरञ्जित अभिव्यक्ति
-
क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै कामपा
-
निश्चिन्त भई एचपीभी खोप लगाउन नेपाल चिकित्सक संघको आग्रह
-
दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार