इन्टरनेट ब्यान्डविथको भुक्तानीमा सरकारको असहयोग, रोकियो भारतको भुक्तानी
काठमाडौँ । सरकारले विदेशी मुद्राको सटहीमा सहजीकरण नगर्दा भारतीय इन्टरनेट प्रदायकको भुक्तानी १० महिनादेखि रोकिएको छ । क्यान महासङ्घका अनुसार सूचना तथा सञ्चार मन्त्रालयले विदेशी मुद्रा सटहीमा सहजीकरण नगर्दा भारतीय सेवा प्रदायकको भुक्तानी रोकिएको हो ।
नेपालका सेवा प्रदायकले नेपालमा खपत हुने इन्टरनेटको अन्तर्राष्ट्रिय ब्यान्डविथ भारतीय अपस्ट्रिमबाट ल्याउने गर्छन् । तर, नेपाललाई ब्यान्डविथ बेचेबापत भारतीय इन्टरनेट प्रदायक कम्पनी अपस्ट्रिमको भुक्तानी १० महिनादेखि रोकिएको हो । खासगरी, भुक्तानीका लागि मन्त्रालयले सहजीकरण नगरेको र सोही कारण रोकिएको व्यवसायीको भनाई छ ।
नेपाली कम्पनीले भारतीय कम्पनीसँग ब्यान्डविथ किनेबापतको भुक्तानीका लागि सूचना मन्त्रालयको सहजीकरण चाहिन्छ । जबकि, मन्त्रालयले विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्कलाई सिफारिस गरेको छैन । यसको प्रत्यक्ष असर आम उपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने महासङ्घका अध्यक्ष रञ्जित पोदार बताउँछन् ।
मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबिच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुने उनको भनाइ छ । ‘सरकार र इन्टरनेट व्यवसायीबिच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारले नै निकासमा दिनुपर्छ,’ पोदारले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई शिक्षामन्त्रीले भनिन्,– आन्दोलन होइन कक्षामा जानुस्
-
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका
-
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
कुर्स्कमा युक्रेनविरुद्ध लड्दा हजार उत्तर कोरियाली मारिए
-
सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ