सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

एसियन कप फुटबलमा कतारको शानदार सुरुआत

शनिबार, २८ पुस २०८०, ०९ : १९
शनिबार, २८ पुस २०८०

काठमाडौँ । एएफसी एसियन कप फुटबलमा आयोजक राष्ट्र कतारले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा लेबनानलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

जितसँगै समूह ए मा कतारले स्पष्ट ३ अङ्क पनि लिएको छ । कतारलाई जिताउन अक्रम अफिफले २ तथा अल्मोएज अलिले १ गोल गरेका थिए ।

विश्वकपको फाइनल भएको लुसेल स्टेडियममा कतारले ४५ औँ मिनेटमा अग्रता लिएको थियो । अलिको पासमा अफिफले गोल गर्दै अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा अलीले मोहमद वादको पासमा हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । 

यसैगरी अतिरिक्त समयको छैटौँ मिनेटमा अफिफले व्यक्तिगत दोस्रो गोल गर्दा आयोजक राष्ट्र कतार ३–० को सहज जितका साथ प्रतियोगिता सुरुआत गर्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत आज ३ खेल हुने छन् । जसमा समूह एमा रहेको चीन र ताजकिस्तानबीच प्रतिस्पर्धा हुने छ । 

यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने छ । यसैगरी समूह बीमा रहेका अस्ट्रेलिया र भारतले सवा ५ बजे खेल्ने छन् भने उज्वेकिस्तान र सिरियाले राति सवा ८ बजे खेल्ने छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप