ह्यारी केनको गोलवर्षा जारी
शनिबार, २८ पुस २०८०, ०६ : ३८

एलियान्ज एरिना । ह्यारी केनले बुन्डेस लिगामा यो सिजन २२ औँ गोल गर्दा बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफेनहाइमलाई सजिलै हराएको छ । जर्मनीका महान् खेलाडी फ्रान्ज बेकेनबाउरलाई सम्झना गर्दै शुक्रबार खेलिएको खेलमा बायर्न ३–० गोलले विजयी बनेको हो ।
बायर्नका पूर्व खेलाडी तथा म्यानेजर बेकेनबाउरको गत आइतबार ७८ वर्षको उमेरमा निधन भएको थियो । उनले क्लबका लागि ५८२ खेल खेलेका थिए ।
खेलमा जमाल मुसियालाले दुई हाफमा एक–एक गोल गरे । खेलको अन्त्यतिर इंग्ल्याण्डका कप्तानले एक गोल थप्दै टोलीलाई जीत दिलाए ।
जीतपछि १६ खेलमा ४१ अङ्क बटुल्दै टोली अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । हालसम्म एक खेलमा मात्र पराजित बायर्न शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनभन्दा मात्र १ अङ्कले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा