नेपालमा पहिलोपटक ३ वर्षीय बालकमा सफल कलेजो प्रत्यारोपण
शुक्रबार, २७ पुस २०८०, २१ : ५९

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज डा.पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा ३ वर्षीय बालकमा कलेजोको सफल प्रत्यारोपण भएको छ । पर्साको वीरगन्जका ३ वर्षीय बालकमा कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको हो । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन् ।
प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको वरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवम् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । यसै क्रममा आजसहित केन्द्रमा ४ दिन लगातार ४ वटा कलेजो प्रत्यारोपण गरिने पनि केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?