मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

धुलिखेलमा रेफ्री प्रशिक्षण सञ्चालन हुने

शुक्रबार, २७ पुस २०८०, १८ : २०
शुक्रबार, २७ पुस २०८०

हेटौंडा । धुलिखेलमा एक हप्ते रेफ्री प्रशिक्षण (कोर्ष) सञ्चालन हुने भएको छ । बागमती प्रदेश फुटबल संघले माघ २१ देखि २७ गतेसम्म क्याटेगोरी ४ रेफ्री कोर्ष सञ्चालन गर्न लागेको हो । 

बागमती प्रदेश खेलकुद परिषदको विशेष सहयोग र अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रशिक्षणबाट दक्ष, शारीरिक एवं मानसिक रुपमा तन्दुरुस्त जनशक्ति उत्पादन हुने बागमती प्रदेश फुटबल संघ अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । 

रेफ्रिहरुलाई फुटबल सम्बन्धी आधारभूत सीप र प्रविधिको विकास गर्नुका साथै मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने उनले बताए । 

१८ वर्षदेखि ३५ वर्षसम्मका खेलाडी, पूर्व खेलाडी र फुटबल खेलसँग आबद्ध व्यक्ती प्रशिक्षणमा सहभागी हुन सक्नेछन् । सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा उत्तीर्ण सहभागी फुटबलका जिल्लास्तरीय विभिन्न प्रतियोगिता निर्णायक हुन सक्ने आयोजकले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप