शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

१ लाख ८७ हजार मूल्य बराबरको भन्सार छलीका लत्ताकपडा बरामद

शुक्रबार, २७ पुस २०८०, १७ : ०२
शुक्रबार, २७ पुस २०८०

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले १ लाख ८७ हजार मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले गरेको छड्के जाँचमा भारतबाट ल्याउँदै गरेको लत्ताकपडाहरू बरामद गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए । 

उनका अनुसार सिम्रौनगढबाट कपडा बरामद गरिएको हो । बारा प्रहरीले ८ थान ब्लाङकेट, कपडाको थान ३, लेडिज सुट ३२ पिस, सुती साडी २६ पिस, पाइन्टको कपडा १३ थान र उनी चेक कपडा १ थान पक्राउ गरेको हो ।

बरामद भन्सार छलीका लत्ताकपडाहरू आवश्यक कारबाहीको सम्बन्धित निकायमा पठाइएको बारा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप