फेकनको १३ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँमा आयोजित साधारण सभाको उद्घाटन समारोहमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले स्वदेशमै गुणस्तरीय शिक्षाका लागि पहल गर्नुपर्ने बताइन् ।
आफ्नो चाहना स्वदेशमै गुणस्तरीय शिक्षा हुनुपर्ने रहेको बताउँदै त्यसका लागि सरोकारवाला निकायले पहल गर्नुपर्ने बताइन् । शिक्षा पूर्वाधारको पनि पूर्वाधार रहेको बताउँदै उनले भनिन्, ‘शिक्षाले असल, योग्य, सक्षम र उत्पादनमुखी जनशक्ति निर्माण गर्छन् । जुन जनशक्तिले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय स्वतन्त्रता, स्वधिनता, भौगाेलक अखण्डता, सामाजिक न्याय, समृद्धि, सुशासन र समता मूलक समाज निर्माण गर्नमा अहम् भूमिका निर्वाह गर्छ ।’
नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न सकियो भने विदेशी मुद्रा समेत आर्जन गर्न सकिनेमा उनको जोड छ । ‘स्वदेशमै क्वालिटी शिक्षा कसरी दिन सकिन्छ यसका लागि प्रयास गर्नुपर्छ । नेपाल सरकारले पनि कानुन संशोधन गरेर हुन्छ वा कसरी हुन्छ ? करिकुलममा समयसापेक्ष परिवर्तन गरेर हुन्छ कि ? अन्य देशमा राम्रा कुरा समेट्न सकिन्छ कि भनेर हाम्रो देशलाई एजुकेसन हब बनाउन सकिन्छ’ उनले भनिन् ।
२०६५ सालमा स्थापना भएको उक्त संस्थाले अहिले नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने विषयमा वकालत गर्दै आएको छ । विदेशी विद्यार्थीहरूलाई नेपालमा अध्ययनका लागि ल्याउन सकिने फेकनको तर्क छ ।
कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भल्कले अस्ट्रेलियामा हाल १६ हजार नेपाली विद्यार्थी अध्ययन गरिरहेको बताइन् । अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको लागि शैक्षिक गन्तव्यको रूपमा विकास भएको बताइन् । नेपाल र अस्ट्रेलियाबिच नेपाल र अस्ट्रेलियामा शैक्षिक सम्बन्धनका विषयमा छलफल भइरहेको समेत उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीका सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै, कोशीमा १९ कम्पनी सूचीकृत
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)