सस्पेन्स थ्रिलर रेड- २ मा भिलेन बन्दै रितेश देशमुख

नयाँदिल्ली । रितेश देशमुख एकपटक फेरि भिलेनको रुपमा देखिँदैछन् । अजय देवगणको फिल्म रेड २ मा रितेशले खलपात्रको भूमिका निर्वाह गर्न लागेका हुन् ।
अजय र रितेश आमने सामने भएर भिड्न लागेको यो पहिलोपटक हो । अजयले फिल्ममा रितेशलाई स्वागत गर्दै सामाजिक सञ्जालमा एउटा पोष्ट पनि गरेका थिए ।
हालै फिल्मको सेटमा रितेशलाई स्वागत गर्दै अजयले आफ्नो इन्टाग्राम ह्यान्डलमा एउटा फोटो शेयर गरेका थिए ।
‘सम्बन्धले भाइ, रोजाईले प्रतिद्वन्द्वी, स्वागत छ,’ फोटो शेयर गर्दै क्याप्सनमा उनले लेखेका छन् । फिल्मको शुटिङ गएको हप्ता मात्रै मुम्बईमा शुरु भएको थियो । फिल्मको बाँकी शुटिङ दिल्ली, उत्तर प्रदेश र राजस्थानमा हुनेछ । गएको हप्तामात्रै फिल्म निर्माताहरुले फिल्मको पोष्टर जारी गरेका थिए । पोष्टरमा छालाको कालो जुत्ता लगाएको एक व्यक्तिको खुट्टा देखाइएको छ । खुट्टाको तल ‘अमय पटनायक फर्किएको छ’ भनेर लेखिएको छ ।
फिल्मको रिलिज सन् २०२४ को नोभेम्बर १५ मा हुने खुलासा गरिएको छ । पोष्टर शेयर गर्दै क्याप्सनमा ‘प्रतिक्षा सकियो ! अजय देवगन ३ रेड २ मा आईआरएस अधिकारी अमय पाठकको रुपमा फर्किएका छन्, नोभेम्बर २०२४ मा ठूलो पर्दामा अर्को एउटा सत्य घटना ल्याउन तयार छन्’ आदि लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
-
रवीन्द्र मिश्रलाई आज अदालतमा उपस्थित गराइँदै, भेट्न जानेसँग आन्दोलनमै जोडबल
-
मेटालाई बन्द गर्ने चेतावनी नदिइ समाधानको बाटो खोज्न सरकारलाई आग्रह
-
बीपीपथमा शेखर
-
संक्रमणकालीन न्याय : सर्ट लिस्ट सार्वजनिक गर्न सर्च कमिटीको अन्तिम तयारी
-
संविधान विपरीत समवेदना सन्देश निकाल्नेलाई कारबाही गर्न एमालेको माग