बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जब नारायण मूर्तिले ११ घण्टासम्म बिना टिकट रेलमा यात्रा गरे

शुक्रबार, २७ पुस २०८०, १६ : ११
शुक्रबार, २७ पुस २०८०

नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो सूचना प्रविधि (आईटी) कम्पनी इन्फोसिसका संस्थापक हुन् नारायण मूर्ति । मूर्तिले कुनै बेला बिना टिकट ११ घण्टासम्म रेलमा यात्रा गरेका थिए । आफ्नी श्रीमती सुधा मूर्तिलाई छाड्न गएको बेलामा उनले यस्तो गरेका थिए ।

बिना टिकट यात्रा गरेको कुरा अरु कसैले होइन नारायण मूर्ति आफैँले भनेका थिए । उनले यी सबै कहानी बताइरहँदा सुधा लजाएर श्रीमानलाई रोक्दै ती कुराहरु नभन्न भनिरहेकी थिइन् । ‘ती दिनमा म प्रेममा थिए, त्यो उमेरमा हर्मोन उर्लिरहेको थियो । त्यो उमेरमा कस्तो हुन्छ तपाईँहरूलाई थाहा छँदैछ ’ मूर्तिले भने ।

यो कुरा अहिले इन्टरनेटमा चर्चाको विषय बनिरहेको छ । नारायण मूर्तिले सीएनबीसीको एउटा अन्तरवार्तामा यस्तो भनेका थिए । नारायणले यी सबै कुरा भनिरहँदा सुधा मूर्ति लजाएर हातले मुख छोपिरहेकी थिइन् । ‘त्यो अर्कै उमेर थियो,’ नारायणले भने । छोराछोरी जन्मिएपछि दुवै पार्टनरको सम्बन्ध रमाइलो बन्ने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप