पृथ्वीजयन्ती मनाउने क्रममा वीरगन्जमा राजावादीबिच विवाद
![पृथ्वीजयन्ती मनाउने क्रममा वीरगन्जमा राजावादीबिच विवाद](https://npcdn.ratopati.com/media/news/raprapa-_0xLxR4QEh8.jpg)
वीरगन्ज । वीरगन्जमा ३०२ औँ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा विवाद भएको छ । वीरगन्जमा घण्टाघरमा ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राखिएको कार्यक्रममा ‘ब्यानर’ राख्ने विषयमा राजावादीहरूबिच नै विवाद भएको हो ।
पृथ्वी नारायण शाहको जन्म जयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ब्यानर राख्न खोजेपछि अन्य राजावादी समर्थकले विरोध गरेका थिए । त्यसपछि दुई पक्षबिच भनाभन भएको थियो ।
पृथ्वी नारायण शाहको जन्म जयन्तीमा कुनै पार्टीको ब्यानर राख्ने निर्णय नभएकोले राप्रपाले ब्यानर राख्दा भनाभन भएको राष्ट्रिय नागरिक संघ समितिका जिल्ला संयोजक उपेन्द्र यादवले जनाए । तर केही बेरमै विवाद फेरि सुल्झाइएको उनले सुनाए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति पर्साको अगुवाइमा पशुपति विक्रम शाहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी दिवस मनाएको बताइएको छ ।
जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा पृथ्वी नारायण शाहको योगदानबारे चर्चा गरेका थिए । उनीहरूले पृथ्वी नारायण शाहले नेपाल एकीकरणमा ठुलो भूमिका खेलेको स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म