जनयुद्ध दिवसका अवसरमा ‘डिजिटल वक्तृत्वकला’ हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले २८ औं जनयुद्ध दिवसका अवसरमा ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिता आयोजना गर्ने भएको छ । वाइसिएलको उपभोक्ता हकमित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा वृहत वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
वक्तृत्वकला डिजिटल प्लेटफर्मबाटै हुने भएकाले सहभागीले बढीमा ४ मिनेटको भिडियोमा जनयुद्धका उपलब्धिबारे बोलेर पठाउनुपर्ने वाइसिएलका सचिव उपभोक्ता हकहित संरक्षण विभाग प्रमुख हरि ढकालले बताए ।
डिजिटल बहसमा सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धिमा केन्द्रित रहेर बोल्नुपर्ने वाइसिएलले जनाएको छ ।
आयोजक विभाग प्रमुख ढकालले भिडियो आगामी माघ १० गतेभित्र पठाइसक्नु पर्ने बताए । ती भिडिओलाई वाइसिएलले फेसबुक पेजमा राख्ने र माघ २८ गते दिउसो १२ बजेसम्म आएका लाईक, कमेन्ट सेयर र भ्युजको आधारमा विजेता उपबिजेताहरुको टुङ्गो लगाइने ढकालले जानकारी दिए ।
यद्यपि निर्णायक मण्डलले सहभागी वक्ताको विषय वस्तु उठान,बोल्ने शैली र अन्य क्षमतालाई समेत मूल्याङ्कन गरेर अन्तिम नम्बर दिइने उनले बताए । भिडिओको लाईक,कमेन्ट, भ्युज र सेयरको ५० प्रतिशत मूल्याङ्कन हुनेछ भने विषयवस्तु र कलात्मक प्रस्तुतिको ५० प्रतिशत मूल्याङ्कन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका युवाले भाग लिन पाउने वाइसिएलले जनाएको छ । सहभागीमध्येबाट प्रथम हुनेलाई ३० हजार नगद र प्रमाणपत्र दिइने र दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २० र १० हजार नगदसहित प्रमाणपत्र दिइने ढकाले बताए ।
प्रतिस्पर्धीहरूले पठाएको भिडियो आयोजकको आधिकारिक पेजबाट मात्रै प्रसारण गरिने र सोही पेजको आधारमा पुरस्कार प्रदान गरिने बताइएको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिजेतालाई पुरस्कार र प्रमाणपत्र दिइने सचिव ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन