कविता : बिर्सेर वीरताको गीत
कता जाने ? वादका लडाइँले
हामी कतै जान नै सकेनौँ
छिमेकीहरू दस माइल हिँडिसके
हामीले पाइला चाल्न नै सकेनौँ
चल्न लागेका पाइलामा
काँडेतार विछ्यायौँ
एम्बुस थाप्यौँ
बम विष्फोट गरायौँ
अरूको पाइला रोकेको भ्रममा
आफ्नै पाइला रोकि दियौँ
विचरा ! हामी कतै जान नै सकेनौँ
कसैले दक्षिणपन्थी तिर फर्काए
कसैले वामपन्थी तिर फर्काए
जतातिर फर्किए पनि
शून्य हात लागेपछि
विचरा ! हामी चैँ खाली हात फर्कियौँ
यहाँ न त देश सम्झिनेलाई सम्झाइयो
न वास्तविक देश सम्झाइयो
न एक सम्झिनेलाई सम्झाइयो
बरू हामी आफैँलाई अनेक सम्झाइयो
पृथ्वीनारायणले देशकन
सिङ्गो माला सम्झे
हामीलाई फूल सम्झाइयो
पृथ्वीनारायणले देशकन
आफ्नो घर सम्झे
हामीलाई कोठा फरक भन्दै
आपसमै युद्ध गर्न सिकाइयो
यिनै भाइ भाइबिचको युद्धलाई
क्रान्तिकारी इतिहास सम्झाइयो
पृथ्वीनारायणले देशकन
दुई ढुङ्गा बिचको तरुल सम्झे
हामीलाई दुई तरुलबिचको
सुक्खा ढुङ्गा सम्झाइयो
हामीलाई न संस्कृति सम्झाइयो
न हाम्रो भेष सम्झाइयो
सम्झाइयो जेरुसेलम बरु
बिर्सिन लगाइयो पशुपतिनाथ
सम्झाइयो कार्ल मार्क्स बरु
बिर्सिन लगाइयो पृथ्वीनारायण
सम्झाइयो लेनिनका विचार बरु
बिर्सिन लगाइयो बुद्ध वाणी
सम्झाइयो द क्यापिटल बरु
विर्सन लगाइयो वेद उपनिषद्
यसरी सम्झाउँदै बिर्साउँदै
सिङ्गो पहिचान नै बिर्सन लगाइयो
जति जे जे सम्झाइए पनि
देश बिर्सन नसकेपछि
आज गोर्खाली नेपाल आमा भन्दै
मातृभूमि सम्झिरहेछ
मुम्बईको चौकीदार गोर्खाली
देश सम्झिरहँदा
सेठलाई सलाम गर्न बिर्सन्छ
खाडीको कामदार गोर्खाली
देश सम्झिरहँदा
बेल्चा उठाउनै बिर्सन्छ
कोरियाको वर्कर गोर्खाली
देश सम्झिरहँदा
बङ्गुरलाई चारो दिनै बिर्सिन्छ
जापानको विद्यार्थी गोर्खाली
देश सम्झिरहँदा
कुनै रात सुत्नै बिर्सन्छ
रुसी सेना भएको गोर्खाली
देश सम्झिरहँदा
युद्धमा गोली चलाउनै बिर्सन्छ
धनी देशका पीआर वाला गोर्खाली
देश सम्झिरहँदा
स्वच्छन्द हाँसो हाँस्नै बिर्सन्छ
आज विचरा गोर्खाली देश सम्झिरहँदा
धेरै थोक गर्न बिर्सन्छ
देश छोड्न नसकेको गोर्खाली
अचेल स्वदेशमै एक्लो भएपछि
बिदेसिएका साथीहरू सम्झिन्छ
बिर्सेर वीरताको गीत
सम्झिन्छ एक भयानक गीत
नेपाल यहाँ, रहला कहाँ
नेपाली नरहे
स्वदेशमै बिदेसिए जस्तो गोर्खाली
जब सम्झन्छ विदेशबाट
बाकसमा आएको काकाको लास
जब सम्झन्छ विदेशी कामदार हुन खोज्दा
राज्यले हत्या गरेको साथीको लास
एकैदिन, एक्लै दुवैको मलामी
जान नसकेपछि गोर्खाली
बिर्सेर आफ्नै मलामी जान्छ
अनि चितामा गाइरहेछ मृत्युको गीत
देश छोडेर नि मरिरहेछन्
देश छोड्नलाई नि मरिरहेछन्
देश नछोड्ने नि मरिरहेछन्
चार वर्ण अनेक जातको फूलबारीमा
आफूलाई मौरी सम्झिनु थियो
अनेकतामा एकताका पुलहरू
निर्माण गर्न सम्झिनु थियो
अविश्वासका पर्खाल तोडफोड गर्दै
साँघुरोपन बिर्सिनु थियो
देशको नक्सामा प्रदेश विभाजन हैन
विश्वनक्सामा नेपालको स्थिति सम्झिनु थियो
पार्टीको परिचयपत्र बिर्सिनु थियो
राष्ट्रिय परिचयपत्र सम्झिनु थियो
पार्टीको झन्डा कपडा सम्झिनु थियो
देशको झन्डा आफ्नो सम्झिनु थियो
देशको झन्डा च्यात्यो विदेशीले
हामीले मौन बस्न बिर्सनु थियो
छिमेकीले पार्टीको झन्डा च्यात्यो
हामीले क्रान्तिकारी बन्न बिर्सनु थियो
पहिले जनयुद्धले, अहिले भोक युद्धले
नागरिकता डस्टबिनमा पुग्न सक्छ भन्दै
हामीले सबैलाई सम्झाउनु थियो
हामीले सम्झिने चिज सम्झिनु थियो
हामीले बिर्सने चिज बिर्सनु थियो
हामीले सम्झाउने चिज सम्झाउनु थियो
अझै समय छ ए गोर्खाली !
देश सम्झदै वीरताको इतिहास सम्झिने
हाम्रो धर्म पहिचान र संस्कृति सम्झिने
कोइला हिरा बन्न सक्छ सम्भावना सम्झिने
अब सम्झिनु छ ए गोर्खाली
देश सम्झँदै जाग्नु छ ए गोर्खाली !
क्यालेन्डर हेर्ने समय छैन गोर्खाली
घडी हेर्दै जाग्नु छ ए गोर्खाली !
अब जाग्नु छ ए वीर गोर्खाली !
सुर्खेत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?