माघ ११ गते मधेश प्रदेश बन्द गर्ने आजपाको निर्णय
रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय गरेको हो ।
बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा दिलाउन माग ११ गते मधेश बन्द गर्ने निर्णय गरेको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए ।
उनका अनुसार बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले मधेश प्रदेसको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने छ । बैंकहरुले लिनेगरेको बढी ब्याज फिर्ता र लघुवित्त सहकारीको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग राखेर आमजनता पार्टीले बिभिन्न कार्यक्रम गर्दै आएको छ।
आजपाले माघ ११ गते राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेश बन्दको घोषणा गरेको देखिन्छ । आजपाले राष्ट्रियसभा निर्वाचनमा भाग पनि लिएको छ । माघ ११ मा सातै प्रदेशमा गरी राष्ट्रियसभाका १९ पदमा निर्वाचन हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले आज बलियो श्रीलङ्कासँग पहिलो खेल खेल्दै
-
रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगियो
-
लाखौँको अवैध काठसहित पिकअप भ्यान बरामद
-
‘पीजी’ पढ्ने डाक्टर र कलेज सञ्चालकबिच निर्वाह भत्ताको विवाद : मध्यमार्गी बाटो खोज्दै सरकार
-
एप्पलले पायो अनौठो सेक्युरिटी क्यामराको प्याटेन्ट
-
पाथीभरा मन्दिरका पुराना घण्टी लिलाम बिक्री गरिँदै