बार्सिलोना सुपर कपको फाइनलमा, उपाधिका लागि रियल म्याड्रिडसँग भिड्ने
शुक्रबार, २७ पुस २०८०, ०७ : ५८

काठमाडौँ । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा ओसासुनालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।
बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की र लामाइन यमलले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि सुरुवाती गोल गरेका थिए ।
त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा यमलले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए । सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि भारतले जिते पनि गोल्डेन ब्याट, गोल्डेन बल र सर्वोत्कृष्ट खेलाडी न्युजिल्याण्डको पोल्टामा
-
गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्