युक्रेनको संसदद्वारा परिचालन विधेयक खारेज

कीभ । युक्रेनको संसद्ले बिहीबार सांसद र जनताको कडा आलोचनाका कारण थप सैनिकहरू पठाउने उद्देश्यले संसद्मा पेश गरिएको विवादास्पद विधेयकमाथि छलफल गर्न अस्वीकार गरेको छ ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत महिना चेतावनी दिँदै सेनाले युक्रेनमा तैनाथ ६० लाख वा सो भन्दा बढी रूसी सैनिकहरू विरुद्ध लड्न थप ५ लाख मानिसहरूलाई परिचालन गर्न चाहेको बताउँदै सो विधेयक प्रस्तुत गरेका थिए ।
यता सत्तारुढ दलका नेता डेभिड अरखामियाले युक्रेनका सैन्य नेताहरूसँगको बन्द गोप्य बैठकपछि भने- ‘केही प्रावधानहरूले प्रत्यक्ष रूपमा मानवअधिकारको उल्लङ्घन गर्दछ। हामी सैनिक कमाण्डको अनुरोध बुझ्छौं र यसलाई पूरा गर्न तयार छौं। तर सबै नियमहरूलाई समर्थन गर्न सकिँदैन,’ उनले थपे ।
इयु समर्थक उदारवादी होलोस पार्टीका विपक्षी सांसद् यारोस्लाभ झेलेज्न्याकले युद्धमा थप जनपरिचालनसम्बन्धी विधेयकमा समर्थन नरहने आशय व्यक्त गरेका छन् । मस्कोले युद्धको फ्रन्टलाइनमा युक्रेन विरुद्ध तैनाथी बढाउने प्रयास गरिरहँदा युक्रेन पनि सैन्य परिचालन बढाउन इच्छुक छ ।
कीभले गत दुई वर्षमा आफ्नो के कति मानवीय र भौतिक क्षति भयो खुलासा गर्न नचाहे पनि ठूलो जनधनको क्षति बेहोरेको छ र जारी युद्धको दिशा अझै अस्पष्ट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन